Logo

साहस ऊर्जा कम्पनीले १ अर्ब रुपैयाँको आईपीओ बिक्रीको अनुमति माग्दै

काठमाण्डौं – साहस ऊर्जा कम्पनी १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन को लागि अनुमति माग्र्द नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण आइपीओ निष्कासन गर्ने भएको हो ।साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलु खोला आयोजना निर्माण गरीरहेको छ । कम्पनीका अध्यक्ष हिम पाठकका अनुसार कूल १ अर्ब ५ करोड बराबरको साधारण सेयर मध्ये कूल ३५ करोड बराबरको ३५ लाख कित्ता सेयर भने आयोजना प्रभावित सोलुखुम्बुबासीलाई बिक्री गरिनेछ ।

यस्तै सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारण लागि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री गरिनेछ ।साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड९सेवोन०मा आवेदन दिइसकेको छ । बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारीमा कम्पनी रहेको छ ।कम्पनीका अनुसार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई जिम्मा दिइएको छ ।

कम्पनीको आर्थिक अवस्था राम्रो रहेको भन्दै इक्रा नेपालले बि बि प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना कोरोनाका कारण समस्यामा परेपनि हालसम्म झण्डै ६० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको कूल लागत झण्डै १२ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा विभिन्न ९ बैंकले ८ अर्ब ६५ करोड बराबरको लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्