Logo

नेप्से बुधबार ७ दशमलव ४२ अंकले घट्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो !

काठमाण्डौं –  साताको चौथोेदिन शेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ४२ अंकले घटेकोे छ । आज बुधबार नेप्से परिसूचक ७ दशमलव ४२ घटेर १ हजार ५ सय ६१.१७ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.६६ अंकले घटेर ३०९.७५ विन्दुमा पुगेको छ । कूल १९५ कम्पनीले ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व ४९ करोड ६३ लाख ८७ हजार ९९२ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये १ समूहको कारोबार बढेको छ । भने बाकीँ ११ उपसमूहको कारोबार घटेको छ । आज होटल समुहको परिसूचक २ दशमलव ३८ प्रतिशत बढेको छ भने बाँकी समुहको घटेको छ । आज सानिमा बैंककै रू ७ करोड २५ लाख ४३ हजार ८ सय ८४ बराबरको सर्वाधिक रकमको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्