Logo

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एघार सय पुग्यो

काठमाण्डौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एघार सय नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोनाबाट १ हजार ८७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। हाल देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। जसमध्ये ३५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्