Logo

नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु

मृतकको संख्या १२ सय ९८ पुग्यो

काठमाण्डाै – पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।थप २२ जनाकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । शुक्रबार देशभर संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।

उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् ।

त्यसैगरी काठमाडौंमा ७१ हजार ५ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ७० र ललितपुरमा ९ हजार ६ सय ३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।

काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्