Logo

दसैँको अवसरमा ‘बिंङ्गो डान्स च्याम्प’ हुँदै

प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

कारोबार आज, असोज २१ गते, बुधवार, २०७७,काठमाण्डौं – नेपालीहरूको महान् पर्व वडा दसैँको अवसरमा ‘बिंङ्गो डान्स च्याम्प–२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतिको रूपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिंङ्गो लाइभ नृत्य प्रतियोगिता ‘बिंङ्गो डान्स च्याम्प–२०२०’आयोजना हुन लागेको हो । बिंङ्गो एप मार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागी हुन सकिनेछ ।असोज २० (अक्टोबर ६ तारिख) गतेसम्म आवेदनका लागि मोबाइल नम्बर ९८४१३११५१० मा सम्पर्क गरिसक्नु पर्नेछ । विश्वका कुनै पनि गीत, संगीतमा प्रस्तुती दिन सकिने र विश्वका सबै देशबाट सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई ३ चरणमा विभाजन गरिएको छ । असोज २१ (अक्टोबर ७ तारिख)  गतेदेखि अडिसन राउन्ड सुरु हुनेछ । अडिसन राउन्डबाट सेमिफाइनलका लागि २१ जना छनोट हुनेछन् । सो पश्चात् फाइनलका लागि १० प्रतियोगी छनोट गरी कार्तिक ५ (अक्टोबर २१ तारिख)  गतेसम्म ग्राण्ड फिनाले हुने जनाइएको छ । प्रतियोगितालाई नेपाल समय अनुसार दिउसो ३ देखि ५ बजेसम्म बिंङ्गो मार्फत लाइभ प्रसारण गरिनेछ ।
विजयी प्रथम, द्धितीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी प्रदान गरिनुको साथै उत्कृष्ट १ जनालाई बिग ब्यानर फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ । वरिष्ठ कोरियोग्राफर महेश गोदार, चलचित्र निर्देशक मुस्कान ढकाल र मोडल तथा नृत्य निर्देशक बिनु शाक्य प्रतियोगिताको निर्णायक भूमिकामा रहेका छन् भने इन्टरट्रेनरमा सुलेमान शंकर ‘इकु’ छन् भने कार्यक्रमलाई सिमोन न्यौपानेले सञ्चालन गर्दैछन् । कोरोना कहरको समयमा पनि नृत्य कलामा रुचि तथा क्षमता भएका व्यक्तिहरूको हौसला एवं अवसरका लागि बिंङ्गो डान्स च्याम्प–२०२० को आयोजना गर्न लागिएको आयोजक संस्था किङ ग्रुपले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्