Logo

बलात्कार गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाउनेलाई प्रहरीको नियन्त्रणमा

कारोबार आज असोज १७ गते शुक्रवार,२०७७, हुम्ला – हुम्ला सिमिकोट गाउँपालिका ७ डाँडाफया स्थानीयले बलात्कार गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाएको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको छ । वडा नं.सात निवासी २६ गान्धीराज शाही र भाउजू नाता पर्ने २३ वर्षीय पाण्डवी शाहीले यौन सम्पर्क राखेको भन्दै श्रीमान् सहित नखरेओ गाउँका स्थानीय सबै मिलेर दुबै जनालाई मुखमा दिशा खुवाउनुको साथै कपाल काटेर,जुत्ताको  माला लगाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। घटनामा संलग्न रहेका आफन्तजनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुवेदीले बताउनुभयो । देवर भाउजु नाता पर्ने दुबै जनाले अनैतिक सम्बन्ध राखेको भन्दै गाउँले सबै मिलेर सामाजिक अपराध कार्य गरेको बताइएको छ ।

आफूहरूले एक आपसमा मोबाइल फोन साटासाट गरेको विषयलाई लिएर गाउँले सबै मिलेर कपाल काट्नुका साथै निर्घात कुटपिट गरेको २६ वर्षीय शाहीले बताउनुभयो । उनका अनुसार आफूहरू झन्डै एक महिनादेखि फोन सम्पर्कमा रहेको भएतापनि १५ गते राति यौन सम्पर्कमा नरहेको भए पनि गाउँले सबै मिलेर कुटेका हुन् ।बिहीबार राति दुवै जनाले यौन सम्बन्ध राखेको भन्दै शुक्रवार दिनभर दुवै जनालाई जुताको माला लगाएर गाउँ घुमाउनुको साथै प्रहरी नपुग्दा सम्म कुटपिट गरेको उनीहरूले दुवै जनाले बताएका छन् ।

गाउँले सबै आएर कुट्दा आफ्नै ज्यान भन्दा पनि आफ्नै २ वर्षको छोरी र ४ वर्षको छोराको भएको बताइन । उनले जुत्ताको माला लगाएर गाउँभर डुलाएको पिडा बताइन् । पाण्डवी शाहीका अनुसार आफू आफन्त नेत्र नाम गरेको घरमा सुतेको , श्रीमान् लेख तिर गएको तर राति २ बजे तिर आएर श्रीमान् सँगै सुतेको बताइन । बिहीबार साँझ देवर नाता पर्ने पुरुष सँग घर नजिकै बाटोमा मोबाइल चलाउने क्रममा मोबाइल साटिएको रहेछ, बिहान थाहा भयो त्यही विषयलाई लिएर आफूहरूलाई गाउँका सबैले कुटपिट गरे बताइन ।श्रीमानले कपाल काट्यो, बाटोमा भएको दिशा खुवायो । पुरुष र महिला दुवै जनाको कपाल काट्नुका साथै निधार, हात, र तल्लो शरीरमा निर्घात कुटपिट गरेको देखिएको छ ।

उता श्रीमान् गाउँहरूले ती दुवै जनाले अनैतिक काम गरे यौन सम्बन्ध राखेर रंगेहात भेटाएको बताएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुबेदीले जानकारी दिनुभयो । आफूहरूले कपाल काटेको, कुटपिट गरेको तर दिशा नखुवाएको , जुत्ताको माला नलगाएको गाउँलेहरुले बताउँदै आएका छन् । उनीहरू दुवै जनाले नैतिक व्यवहार गरेको भएपनि उनीहरूमाथि कुटपिट गर्ने, कपाल काट्ने, दिशा खुवाउनमा संलग्न हुने, श्रीमान् सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्