Logo

बलात्कारीलाई फाँसीको सजाय माग्दै गरे दुई युवतीले प्रदर्शन

कारोबार आज, असोज १० गते शनिवार,२०७७ काठमाण्डौं –  बझाङकी एक बालिकाको बलात्कारपछि निर्मम रुपले हत्या गरिएपछि तिनै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै माइतीघरमा दुई विध्यार्थी प्रदर्शनमा उत्रेका छन्।

‘मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे जस्ता’ नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका हुन् । उनीहरु धर्नामा बसेपछि ५० बढी प्रहरी उनीहरुको वरपर उभिए।

धर्नामा उत्रिएकाहरु विध्यार्थी पूजा गौडेल , दीपा जैसी हुन्। दिउँसो ३ बजेसम्म प्रदर्शन गरिने दीपा जैसीले बताइन्। बुधवार बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्