Logo

कोरोना भाइरस निस्कृय पार्ने अहिलेसम्मकै सानो एन्टिबडी पत्ता लाग्यो (अध्ययन रिपोर्टसहित)

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं –  अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसलाई निष्कृय पार्ने अहिलेसम्मकै सानो एन्टिबडी पत्ता लगाएका छन् ।युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले सानो जैविक अणुको पत्ता लगाएका हुन । यो कोरोना भाइरसलाई निस्कृय पार्ने एन्टिबडी हो । यो सामान्य एन्टिबडी भन्दा १० गुणा सानो भएको सेल नामक जर्नलमा उल्लेख छ ।

यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेका थिए । यसले कोरोना भाइरसलाइ निस्कृय पार्छ भने अन्य ब्यक्तिलाई सर्न पनि दिंदैन । अर्थात यसले कोरोना संक्रमणलाई पनि रोक्छ । वैज्ञानिकहरुका अनुसार यो एन्टिबडीले शरिरको प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

Tiny Antybody

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्