Logo

हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौंमा

१ सय ५० जना शेर्पाले साथ दिने

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं – कोरोना महामारीकै बीचमा नेपालका हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुगेका छन् ।खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज विहान काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किनेछ ।यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछन् ।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् ।पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ । दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्