Logo

मुख्यमन्त्री राईकी श्रीमती हुँ भन्दै अदालतमा अंशमुद्दा दर्ता गरेकी बालिका खड्काले मुद्दा फिर्ता लिइन्

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं -प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अदालतमा अंशवण्डा मुद्दा दर्ता गरेकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छन् । मुख्यमन्त्री राईले आफुमाथि लाग्दै आएको आरोपमा अदालतबाट न्याय पाएका छन् । मुख्यमन्त्री राईसँग जोडेर बोल्दै आएकी खड्काले आफु नै झुटो भएको भन्दै मुद्दा फिर्ता लिएपछि काठमाडौं जिल्ला अदालतले आज आरोप खारेजीको फैसला गरेको हो ।

केही समयदेखि मुख्यमन्त्री राईका बिषयमा अतिरञ्जित अभिव्यक्ति दिँदै अदालतसम्म पुगेकी खड्काले कसैबाट प्रयोग भएको भन्दै लगाउँदै आएको आरोप प्रमाणित गर्ने आँफुसँग कुनै पनि आधार नभएको न्यायाधीश राजुकुमार खतिवडासमक्ष साबिती बयान दिएकी छन् । सोसँगै मुद्धा फिर्ता लिएर आफ्नो गल्तीमा प्रायश्चित गर्न पाउँ भन्दै उनले अदालतसमक्ष माफी समेत मागेकी छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश पाउँ भनी उजुर गरेकोमा अदालतको म्याद नपुग्दै निबेदिका बालिका खड्काले आफू अरुको उक्साहटमा परेर मुद्दा हालेको, बास्तवमा मेरो र शेरधन राईको बीचमा कुनै सम्बन्ध नरहेको, आफूसँग साबित गर्ने कुनै प्रमाण पनि नभएको भनि अदालतमा आफैं उपस्थित भइ गल्ती स्वीकार गरी मुद्धा फिर्ताको निबेदन दिएको देखिन्छ ।

अदालतको आदेशमा भनिएको छ ‘यसको मतलब र परिणाम समेत बादीलाई सम्झाउँदा बुझाउँदा समेत मुद्दा फिर्ता लिन मन्जुर भइ सहीछाप समेत गरिदिएकोले प्रस्तुत मुद्वा मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६ ९२० बमोजिम मुद्दा फिर्ता गरिएको छ ।’पक्षले नै स्वयं उपस्थित भई मुद्दा फिर्ता लिएपछि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९६ बमोजिम मुख्यमन्त्री राईले आरोपमा अदालतबाट सफाई पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्