Logo

पछिल्लो २४ घन्टामा थपिएका १,५३९ कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ३९ जनासहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।

हेर्नुहोस् सूची

      साभार गोरखापत्र

प्रतिक्रिया दिनुहोस्