Logo

हजुरबुवाको श्राद्धको खानाले १८ वर्षीय नाति सुरेन्द्रको मृत्यु, परिवारका १८ जना अस्पताल भर्ना

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,धनगढी – कैलालीमा विषाक्त खानेकुरा खाएपछि १८ वर्षीय सुरेन्द्र बोहोराको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।२८ गते हजुरबुवाको श्राद्धमा खाना खाएर बिरामी भएका सुरेन्द्रको उपचारका क्रममा गएराति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरेन्द्रसँगै श्राद्धमा खाना खाएका परिवारका १८ जना बिरामी परेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । सेती प्रादेशिक अस्पतालका डा.निराजनदत्त शर्माले हैजाको संक्रमण भएको र अहिले ६ जनाको अवस्था गम्भीर भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्