Logo

नेपाली काँग्रेस (बीपी नेतृत्व)का कार्यकर्ताहरुले गरे ओली र देउवाको जिउँदै श्राद्ध

कार्यक्रममा प्रहरी हस्तक्षेप

कारोबार आज, भाद्र ३१ गते बुधवार, २०७७,काठमाण्डौं – पद्मकन्या क्याम्पस गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवाको श्राद्द गर्न गएका नेपाली कांग्रेस (बीपीका) नेता कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको छ ।  देश र जनताका लागि मरेतुल्य भएकाहरुको बिरुद्धमा राखिएको शान्तिपूर्ण श्राद्ध कार्यक्रममा प्रहरीले धरपकड र पानीको फोहोरा प्रयोग गरेर विथोल्ने प्रयास गरेको कांग्रेस बीपीका महामन्त्री सुशीलमान सेरचनले बताए । सरकार र एमसीसीको विरोधमा यसअघि नेपाली कांग्रेस बीपीले बानेश्वर चोकमा ओली र देउवाको पुत्ला जलाएको थियो ।

धरपकडमा पार्टीका महामन्त्री तथा पूर्वमन्त्री सुशीलमान सेरचन र पुष्पराज पराजुली सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, केन्द्रीय सदस्य विष्णु प्रसाद ढकाल, रिषभ भट्टराई, नेविसंघ महामन्त्री विकाश पाण्डे तथा सदस्यहरु कुशल श्रेष्ठ धादिङ, विशाल लिम्बु धनकुटा, आन्दोनलमा ऎक्यबद्धता जनाएकी राष्ट्रवादी अभियान्ता मानव सेवक, नेकपा माओमादी सर्वहाराका भावना बिद्रोही लगायत दर्जनौ बढी नेता कार्यकर्ताहरु घाइते भएको सो पार्टीले जनाएको छ ।

पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुलाई उपचारको लागि बिभिन्न अस्पताल लगिएको जानकारी दिए । पार्टीले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना सहित शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको धरपकड र दमनप्रति घोर निन्दा गरेको छ |

प्रतिक्रिया दिनुहोस्