Logo

जनरल इन्सुरेन्सकाे ३० लाख कित्ता आइपीओ आउदै

कारोबार आज, भाद्र २५ गते बिहीवार ,२०७७, काठमाण्डौं- जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँको आइपीओ जारी गर्ने भएकाे छ । ३० करोड रुपैयाँको आइपीओकाे लागी धितोपत्र बोर्डबाट जनरल इन्स्योरेन्सले अनुमति पाएको हाे । इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जनरल इन्स्योरेन्सकाे बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ ।

हाल जनरल इन्स्योरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडाैँ महानगरपालिका वडा नं १ हात्तीसार, काठमाडौंंमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्