Logo

कोरोना संक्रमण मुक्त हुनेहरुको संख्यामा अपेक्षित सुधार

कारोबार आज, भाद्र २४ गते बुधवार २०७७ काठमाण्डौं –  पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणले तिव्र रुप लिदै गर्दा संक्रमणको दर ह्वात्तै बढिरहेको छ। संक्रममितको संख्या बढ्दै गर्दा निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्यामा पनि केही दिनयता वृद्धि भएको छ। बुधबार मात्रै देशभर १ हजार ८१ जना संक्रमित थपिदै गर्दा ९ सय १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यस्तै मंगलबार ९ सय २ जनामा संक्रमण देखिदै गर्दा २ हजार २ सय ८७ जना संक्रमित निको भएर घर फर्किएका थिए।

स्वास्थ्य मन्त्रालयले सर्वजनिक गर्दै आएको पछिल्लो १२ दिनको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमित हुने संख्या १२ हजार ७ सय ६३ र डिस्चार्ज हुनेको संख्या १३ हजार ६ सय ४० रहेको छ। तथ्याङ्कलाई हेर्ने हो भने थपिँदै गरेका संक्रमित र डिस्चार्ज भएकाको संख्यामा खासै धेरै भिन्नता देखिएको छैन।

यस्तै भदौ १३ गते देशभर ८ सय ८४ जना संक्रमित थपिएका थिए भने ३ सय १३ जना संक्रमणमुक्त भएर घर फर्किएका थिए। तर सोहि दिन कोरोना भाइरस संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए। त्यसपछि भदौ १४ गते संक्रमितको संख्या १ हजार २ सय २१ भयो २ सय ६७ निको भएर घर फर्किए भने संक्रमणका कारण १४ जनाको मृत्यु भएको थियो।

केही दिन अगाडि नयाँ संक्रमितको संख्याले डिस्चार्ज हुनेको संख्यालाई दोब्बरले उछिन्दै गइरहेको थियो। तर पछिल्लो एक साता यता भने नयाँ संक्रमित र डिस्चार्ज हुनेको संख्या हाराहारी नै छ। एक महिना अगाडि संक्रमित हुनेको संख्यालाई उछिन्दै डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको थियो। संक्रमितको संख्या ह्वात्तै कमी आएको थियो। उक्त समयमा सरकारले नेपालमा संक्रमणको जोखिम कम भएको भन्दै लोमा समयसम्म देशभर गरिएको लकडाउन अन्त्य भएको घोषण समेत गरेको थियो। जसको केही दिन पछि फेरि संक्रमितको संख्यामा दिनप्रति दिन वृद्धि भएको भइरहेको छ।

हालसम्म देशभर संक्रमितका संख्या ४९ हजार २ सय १९ पुगेको छ। जसमध्ये १५ हजार २५ जना संक्रिय संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने ३३ हजार ८ सय ८२ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। यस्तै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्