Logo

फोहोरका दुश्मन अनि बिरामीका रक्तदाता सामाजिक अभियन्ता,बिष्णु आचार्य

कुनै एउटा क्षेत्र अनि एउटा व्यवसाय मात्र उल्लेख गर्दा उहाँमाथि अन्याय हुन्छ किनकि उहाँले नगर्ने र सेवा सहयोग नगरेको त्यस्तो कुनै क्षेत्र छैन न त कुनै त्यस्तो सामाजिक काम छ जुन उहाँले गर्नु भएको छैन । हो उहाँ नै हो नेपाल कै एक गहना अनि झापाको चम्किलो तारा बिष्णु आचार्य । झापाको अर्जुनधारा स्थायी निवासी आचार्य आफ्नो गाउँ र जिल्लामा मात्र सीमित हुनुहुन्न उहाँ पुरै नेपालनै घर झैँ ठान्नुहुन्छ र सामाजिक कामको लागि समय परिस्थिति अनुसार नेपालको जुनसुकै क्षेत्रमा आफ्नो सक्रियता देखाउनुहुन्छ । world cleanup day को country leader बनेर पुरै नेपालको प्रतिनिधित्व गरेर उहाँले विश्वसामु आफू अनि आफ्नो देश र आफ्नो स्वच्छताको परिचय दिईरहनुभएको छ ।

आफ्नो गोजी नै पहिलो डस्ट्विन हो भनेर सबैलाई सरसफाइ प्रति सुसूचित गर्ने आचार्य कहिले बागमति सफाइ अभियानमा बागमति सफाइ गर्दै देखिनुहुन्छ भने उहाँहरुको मेची काली सरसफाइ अभियान निरन्तर चलीनै रहेको छ । झापा को बिर्तामोडमा हरेक हप्ता सरसफाइ गरेर सबै ब्यपारी तथा स्थानीयलाई सरसफाइ सम्बन्धी जनचेतना फैलाएर बिर्तामोडको मुहार नै सफा बनाउन तल्लीन आचार्य बिर्तामोडको छिमेकी नगरपालिका अर्जुनधारा सरसफाइ अभियानमा पनि साप्ताहिक रूपमा अग्रसर हुनुहुन्छ ।

उहाँले झापा जिल्लामा रहेका विभिन्न सामुदायिक विध्यालय तथा झापा जिल्लाका पर्यटकीय स्थहरुमा स्वयं उपस्थित भएर सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम तथा फोहोर मैला कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धी तथा अहिलेको पुस्ताको आकर्षणको केन्द्र बन्दै गरेको मानव निर्मित झापाका विभिन्न पर्यटकीय क्षेत्रमा शौचालय निर्माण तथा व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको आयोजना समय समयमा गर्दै आउनु भएको छ ।

कोभिड टिम अर्जुनधारामा सक्रिय आचार्य झापा जिल्ला कै रक्तदाता तथा सङ्कलनमा पहिलो नम्बरमा पर्नुहुन्छ भन्दा अत्युक्ति नहोला । जुनसुकै अस्पतालमा दुर्घटना ,डेलिभरी तथा अन्य आकस्मिक अवस्थामा जहाँंबाट जसरी हुन्छ रगत उपलब्ध गराएर धेरैको प्राण बचाउन सफल हुनुहुन्छ । असहाय तथा अनाथ बालबालिकाहरुको स्वास्थ्य उपचारको लागि अभियान नै चलाएर विभिन्न अनाथ बालबालिकालाई स्वास्थ्य उपचार समेत गराइरहनुभएको छ ।

यतिमात्र होइन उहाँको समाज र देशको लागि योगदान अतुलनीय रहेको छ । विपन्न गरिब विध्यार्थीहरूलाई विध्यालयमा नै उपस्थित भएर न्यानो कपडादेखि शैक्षिक सामाग्रीहरू वितरण पनि गर्दै आउनुभएको छ । परिवारप्रतिको कर्तव्य अनि आफ्नो समाज र देश प्रतिको उत्तरदायित्व हरेक मानिसले हेर्ने हो भने असम्भव केही नहुने कुरा उहाँको व्यवहारबाट छर्लङ्गै झल्किन्छ । मानिससँग इच्छा शक्ति भयो लगनशील भयो भने गर्न नसक्ने केही रहेनछ भन्ने गहकिलो उदाहरण विष्णु आचार्य हुनुहुन्छ ।

उहाँले आफ्नो व्यवसाय पनि हेर्न भ्याउनु भएको छ भने सामाजिक कार्यमा जहाँं जहिले उपस्थित पनि हुनुहुन्छ । उहाँको को झैँ लगनशीलता तथा इमान्दारिता देशका नेता अनि हरेक नागरिकमा हुने हो भने देश परिवर्तन हाम्रै पालामा हुन असम्भव चाहिँ रहेनछ । जति नै लेखेपनि उहाँको बारेमा कमी नै हुन्छ । सधैँ यस्तै समाज सेवामा कृत संकल्पित भएको देख्न पाइयोस् , हजुरले सुरु गरेका सबै अभियानले सगरमाथाको शिखर चुमोस् , कारोबार आज डट कमको तर्फबाट उत्तरोत्तर प्रगतिको कामना ।

     बेनाम बादशाह ( रमेश )

प्रकाशित मिति,२०७७ साल भाद्र २३ गते मंगलवार

प्रतिक्रिया दिनुहोस्