Logo

इलामको गजुरमुखी धाममा पहिरो

कारोबार आज भाद्र २३ गते मंगलवार २०७७, इलाम – इलाम जिल्लाको पश्चिमी क्षेत्र माङ्सेबुङ गाउँ पालिका वार्ड न १ मा अवस्थित पवित्र धार्मिक स्थल गजुरमुखी धाममा गत १९ गते राती १:४० बजे तिर पहिरो गएको छ । धार्मिक आस्था अनुसार प्रसिद्ध मानिने र नेपाल लगायत भारत का सिक्किम दार्जिलिङ लगायत धेरै ठाउँबाट दर्शनार्थिहरू आउने उक्त धार्मिक स्थलमा आफूले आटेको मागेको पुरा हुने र विशेष गरेर निसन्तान दम्पतीले यस धाममा आएर सन्तान मागे सन्तान प्राप्त हुने जन विश्वास रहँदै आएको छ ।

ढुङ्गाको पहाडमा अवस्थित यस धाममा माथिबाट ढुङ्गा तथा रुख झरेर मन्दिर क्षेत्रमा अवस्थित भौतिक संरचनामा पनि क्षति पुगेको र मन्दिर परिसरमा लगाएको फल्दै गरेको बहुमूल्य रुद्राक्षको बोटपनि ढलेको छ । स्थानीयको जानकारी अनुसार सो ढुङा र रुख लडेर अन्दाजी २५ लाख जतिको क्षति भएको छ ।

बेनाम बादशाह (रमेश)

प्रतिक्रिया दिनुहोस्