Logo

मानव स्वास्थ्य – के हो पेनिक डीसअर्डर ? यसबाट कसरी बच्ने ?

चानक डर लाग्ने, अत्यास लाग्ने, जिउ काम्ने, एक्कसी छाती दुख्ने, खलखल पसिना आउने, लौ अब त मरिएला जस्तो हुने जस्ता लक्षण देखिएको छ भने तपाइले पेनिक डीसअर्डर छ भन्ने सोच्नु पर्दछ ।  यो रोग एन्जाईटि डीसअर्डर भन्ने मानसिक समस्या अन्तर्गत पर्दछ । हो सबैको मन कहिले काही आत्तिन्छ नै, नराम्रो खबर सुन्दा होस्, परीक्षाको अगाडी हुँदा होस वा कहिले काहीँ महत्वपूर्ण निर्णय लिँदा होस् या इन्टरभ्यु दिने बेलामा होस् हाम्रो मन आत्तिन्छ नै यो त हाम्रो जीवनको पाटो नै हो । तर जब बिनाकारण मन आत्तिने र डराउने गर्दछ र यसले दैनिक जीवन यापनमा समस्या पर्दछ भने यो मानसिक रोग हो भनेर बुझ्नुपर्दछ । डरलाग्दो कुरा सुनेर होस् या डरलाग्दा चिज जस्तै सर्प देखेर शरीरमा अचानक परिवर्तन आउँछ, मुटु काम्ने, खलखल पसिना बग्ने जस्ता मानसिक एव शारीरिक गतिविधि पनि हुन थाल्दछन्।

यो हुनुको कारण हाम्रो मस्तिष्कमा हाइपोथेलामस भन्ने अंगले अटोनोमिक नर्वस सिस्टमलाई उत्तेजित पार्दछन् तर बाइ डीसअर्डरमा बाहिरिकुरा भन्दा पनि भित्री मनमा गाडिएर रहेका चिन्ता, त्रास, नकारात्मक सोच बिचारले हाइपोथेलामस अनि अटोनोमिक नर्वस सिस्टमलाई उत्तेजित पार्ने अचानक आतेस लाग्ने मुटु काम्ने शरीर काम्ने, खलखल पसिना आउने हातखुट्टा गल्ने जस्ता लक्षण देखा पर्दछ । पेनिक डीसअर्डरको नामले चिनिने यस मस्तिष्क रोग नलागोस् भन्नको लागी धेरै प्रेसरमा काम गर्नु हुँदैन, मानसिक सन्तुलनलाई कायम राख्नको लागी खानपिन र जीवनशैलीलाई विशेष ध्यान पुर्‍याउनु पर्दछ । दैनिक रूपमा योग, प्राणायाम र ध्यानगर्ने बानीले पनि यो रोग लाग्नबाट बच्न सकिन्छ । आफ्नो परिवार, साथीभाईहरुसँग भेटघाट गर्ने, सकारात्मक कुराहरू गर्ने बानीले पनि यो समस्याबाट बच्न सकिन्छ । हामीहरूले धेरै उत्तेजित बनाउने, राजसिक र तामसिक खानेकुराहरू, अधिक पिरो, चिया, कफी, धेरै अमिलो, माछा, मासु, जस्ता चिजहरू सकेसम्म नखाने अथवा कम मात्रामा खाने गर्नु स्वस्थको लागी फाइदाजनक छ ।

रोग लागोस् भन्ने कसको चाहना हुन्छ र ? रोग लागिहाल्यो भने घरेलु उपचार गरेर पनि केही राहत दिलाउन सकिन्छ जस्तै टाउकोमा तेलले मालिस गर्ने, खानाको साथमा घिउ खाने, सुद्ध घिउ पगालेर सेलाए पछि नाकमा तिन तिन थोपा हाल्ने, खुट्टा र पैतालामा तेलको मसाज गर्ने गर्‍यो भने राहत मिल्छ। यस्तै गरी आयुर्वेदिक औषधि जस्तै अश्वगन्धा राति सुत्ने बेलामा एक गिलास तातो दूधसँग मिसाएर खान सकिन्छ । जटामसी, ब्रामी, शंखपुष्पी र बोझो मिसाइएको आयुर्वेदिक औषधिहरूको सेवन गर्नाले पनि रोग निको हुनमा मद्दत पुर्‍याउँछ । आयुर्वेदिक पञ्चकर्म ‘वमन’ ‘विरेचन, ‘नास्य’, ‘बस्ती’ एवं ‘रक्त मोक्षण” आदिले पनि यो रोगलाई राहत पुर्याउछ ।

के हो पञ्चकर्म (अर्थात् पाँच कर्म) ?

आयुर्वेदको उत्‍कृष्‍ट चिकित्सा विधि हो पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्ट चिकित्‍सापद्धति पनि भनिन्छ । यस विधिबाट शरीरमा लाग्ने रोगहरूको कारण जुन वात, पित्त, तथा कफ हुन्छ यी तीन समस्याहरू अर्थात् त्रिदोषहरूका असम रूपलाई समरूपमा पूर्ववत् स्थापना गर्नको लागि विभिन्न प्रकारको प्रक्रियाहरू प्रयोगमा ल्याइन्छन् । स्वस्थ्य जीवनशैलीका लागि शरीरका नियमित प्रक्रियाहरूमा पाँच कर्म मुख्य छन्, यस कारण ‘’पञ्चकर्म’’ भन्दछन्।

-डा.नबिन बास्तोला

(धन्वन्तरी आयुर्वेद अस्पताल, धुम्बराही, काठमाण्डौ)

साभार :(लाईभमान्डू डट कम)

प्रकाशित मिति, २०७७ साल भाद्र २२ गते ,सोमवार 

प्रतिक्रिया दिनुहोस्