Logo

कोरोना बिमा मापदण्ड तत्काल सच्याउन गोल्छाको आग्रह

कारोबार आज भाद्र २१ गते आईतवार काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बिमाको भुक्तानीसम्बन्धी बिमा समितिको मापदण्ड सच्याउन आग्रह गरेका छन् । निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बिमा समितिले मापदण्ड बनाएको छ । उक्त मापदण्ड सच्याउन उनले आग्रह गरेका हुन् । बिमा समितिले शुक्रबार नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकारी अस्पतालमा गरिएको परीक्षणका आधारमा मात्रै कोरोना बिमा दाबी र भुक्तानी गर्न पाइने भएको थियो ।

सरकारको अनुमति पाएरै परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट मान्य नहुने भन्‍नु गलत भएको गोल्छाले जनाएका छन् । बिमा समितिको यो मापदण्डले सर्वसाधारणहरुले सास्ती पाउने र बिमाप्रतिको विश्वास पनि घट्ने उनले भनेका छन् । सामाजिक सञ्जाल ट्‍विटरमा मापदण्डको विरोध गर्दै उनले भनेका छन्, निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बिमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बिमाप्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकारले यस समस्याको तुरन्त समाधान खोजियोस् ।

प्रतिक्रिया दिनुहोस्