Logo

२६ किलो अफिमसहित पाँचजना पक्राउ

कारोबार आज भाद्र २१ गते आईतवार काठमाण्डौं – जाजरकोट र रुकुम (पश्चिम) बाट २६ किलो अवैध लागुऔषध अफिमसहित पाँचजना पक्राउ परेका छन् । जाजरकोट, नलगाड नगरपालिका २, छेप्कास्थित सडकबाट १० किलो अवैध लागुऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ का ५५ वर्षीय हरिचन्द्र डाँगी छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागुऔषध अफिमसहित जाजरकोट नलगाड नगरपालिका ९ का ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्