Logo

अमेरिकामा फैलिदै घरपालुवा जनावरमा कोरोना

कोरोनाबाटै पहिलोपटक जर्मन सेफर्ड कुकुरको मुत्यु

कारोबार आज, २०७७ साल साउन १७ गते शनिवार,अमेरिका – अमेरिकामा पछिल्लो क्रममा जनावरमा पनि कोरोना संक्रमण फैलिन थालेको छ । पछिल्लो तथ्याङक अनुसार अमेरिकामा २५ जनावरमा कोरोना संक्रमण भएको पृष्ठि भएको हो । कोरोना संक्रमणको कारण अमेरिकामा जर्मन सेफर्ड कुकुरको मुत्यु भएको छ । कुकुरमा कोरोना संक्रमण भइ मुत्यु भएकाे  यो पहिलो घटना हो । कुकुरका मालिकले नेशल जियोग्राफी च्यानललाई  बताए अनुसार संक्रमित कुकुरलाई अप्रिल महिनाको मध्यतिरबाट कैयौं सातासम्म सास फेर्न मुस्किल भएको थियो ।

लामो समयदेखि गम्भिर अवस्थामा रहेको उक्त कुकुरको यसै महिना संक्रमणबाटै ज्यान गयो । संक्रमित कुकुरमा पशु चिकित्सकले चेक जाँचको क्रममा क्रममा कोरोना पोजेटिभ भएको पृष्ठि गरेका थिए । कृषि विभागले अमेरिकामा धेरै पशुहरुमा कोरोनाभाइरस सक्रमण भएको पृष्ठि गरेको छ । अहिलेसम्म १२ कुकुर, १० वटा बिरालो , एउटा वाघ र एउटा सिंहमा कोरोना संक्रमण भेटिएको छ । पशुचिकित्सकले पशुहरुमा कोरोना फैलिने कारण बारे केही प्रमाण भेटन सकेको छैनन् । कतिपयले भने मान्छेबाटै पशुमा कोरोना फैलिएको हुनसक्ने बताइएको छ । यस अघि अमेरिकाको न्यूयोर्कमा बाघमा कोरोना संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्