Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी घुस रकम सहित अख्तियारको नियन्त्रणमा

कारोबार आज, २०७७ साल साउन १४ गते बुधवार, रुपन्देही- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादव रु. ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

जिल्ला रूपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवलाई रु. ४ लाख घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्