Logo

हुण्डी कारोवारी १९ लाख ९१ हजार सहित पक्राउ

कारोबार आज, साउन ९ गते शुक्रबार, २०७७,काठमाण्डौं – १९ लाख बढि रकम सहित हुण्डी कारोवारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको हो । काठमाडौंको विशाल बजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ । काठमाण्डौं उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्