Logo

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री बिरुद्ध पर्‍यो अख्तियारमा उजुरी

कारोबार आज,  २०७७ साल साउन ८ गते बिहिवार,,काठमाडौं – इनफ इज इनफका अभियन्ताहरुले कोभिड -१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण उपर छानबिनको माग गर्दै प्रधानमन्त्री के पी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिब लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका संचालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई छानबिनको माग गर्दै अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले तत्कालिन स्वास्थ्य सचिब, स्वास्थ्य विभागका प्रमुखहरुमाथि पनि छानविनको माग गर्दै उजुरी दिएका छन् । अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सुचनाको हक प्रयोग गरि कोभिड -१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण समेत माग गरेको अभियानकर्मी आलोक सुबेदीले जानकारी दिएका छन्।  ‘ईनफ ईज ईनफ’ सामुहिक सत्याग्र मार्फत शान्तिपूर्ण बिरोध कार्यक्रममा रहेको छ। अघिल्लो पटक सत्याग्रह तोड्ने बेलामा सरकारले गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै अभियानका अभियानकर्मीहरु दोस्रो चरणको शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्