Logo

आत्महत्या दुरुत्साहन आरोपमा एकै परिवारका तीनजना पक्राउ

कारोबार आज,  २०७७ साल असार ३० गते , मंगलवार ,गोरखा — आत्महत्या दुरुत्साहनको आरोपमा गोरखामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० विरेनचोककी २३ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको किटानी जाहेरीपछि आरोपितलाई सोमबार पक्राउ गरिएको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

पक्राउ पर्नेमा सोही ठाउँका मन्जु राना, हिरा राना र मनमाया राना छन् । तीनै जना एकै परिवारका हुन् । ती युवती गत शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । ‘युवतीलाई अनावश्यक तनाव दिने गरेको उजुरी आएको छ,’ गुरुङले भने, ‘गाली बेइज्जती गर्ने समाजमा बस्न पनि समस्या पारेको व्यहोराको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेका छौं ।’ जिल्लामा पहिलो पटक आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको पनि प्रहरीले जनाएको छ । आरोपित विरुद्ध जिल्ला अदालत गोरखामा आत्महत्या दुरुत्साहनअन्तर्गत मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 प्रकाशित मिति :२०७७ असार ३०गते, मंगलवार 

प्रतिक्रिया दिनुहोस्