Logo

करारबाटै भ्रष्टाचार, कार्यालय सहयोगी अख्तियारको फन्दामा

कारोबार आज,  २०७७ साल असार २९ गते सोमवार, काठमाण्डौं – घरेलु तथा साना उध्योग कार्यालय कलैया, बारामा करारमा कार्यालय सहयोगी पदमा कार्यरत खेमराज चौधरीले घुस लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निज उपर आरोप पत्र दायर भएको छ ।

घरेलु तथा साना उध्योग कार्यालय, कलैया, बाराका कार्यालय सहयोगी (करार) खेमराज चौधरीले होटेल संचालन लागि अनुमतिपत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिस्वत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले निज खेमराज चौधरीलाई रु.१०,००० (दस हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालय कलैया, बारामा करारमा कार्यालय सहयोगी पदमा कार्यरत खेमराज चौधरीले होटल संचालन गर्न संचालन अनुमतिपत्र उपलब्ध गराई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत रु. १०,०००।– (दश हजार) माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसरको कसुर भएकोले निज खेमराज चौधरीलाई बिगो रु. १०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को दपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्