Logo

उपत्यकामा खतराको घण्टी : त्रिवि अस्पताल महाराजगन्जमा एकैदिन १ सय १४ जनाको पीसीआर परिक्षण पोजिटिभ देखियो

काठमाडौं, असार २४ –  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा देखिएको छ । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो ।

त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना स्वाव परीक्षणमा सबै पोजिटिभ देखिएको छ । विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण गर्‍यो, सबैमा पोजिटिभ आउने स्थिति छैन । तर प्रयोगशालामा सबै नमुना पोजिटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान नदिनु र प्राविधिक ‘त्रुटि’ बारे छानबिन नगर्नुले स्वास्थ्य मन्त्रालयको आँकडा माथि नै थप आशंका उब्जिएको छ ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजिटिभ आउने गरेको देखिएको छ । प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ । त्यस दिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुनसक्छ । तर यो गम्भीर गल्तीलाई मन्त्रालयले ढाकछोप गर्ने प्रयास भइरहेको बुझिएको छ ।

प्रकाशित मिति: २०७७ साल असार २४ गते बुधवार

 

प्रतिक्रिया दिनुहोस्