Logo

एक समाजसेवी जसले गरे स्तुपाको लागि ५ लाख दान

स्तावेज श्रावण २३ गते बिहिबार,२०७६,काठमाण्डौं -रौतहट जिल्लाको गैंडाटार स्थित निर्माणाधिन नेपालकै अग्लो बौद्ध स्तुपाको लागि कोटेश्वर—३५ काठमाडौं निवासी बौद्दमार्गी एवं सहयोगी मनका धनी श्री ज्ञानरत्न शाक्य ज्यू ले रु. ५०००००/— ( अक्षरुपी रु पाँच लाख) सहयोग गर्नुभएको छ । स्तुपा निर्माणार्थ स्थानिय निकायबाट सहयोग गर्ने क्रम जारी छ । भगवान गौतम बुद्धको स्तपा निर्माणको लागि व्यक्तिगत सहयोग गर्न पाउँदा निकै आत्मसन्तुष्टी मिलेको श्री शाक्यले बताउनुभयो ।

आज मानव मानव बिच अशान्ति,एक आपसमा झै झगडा,द्धेष,घृणा,दुर्घटना र चरम हिंसाको चपेटामा सिंगो विश्व नै परिरहेको सन्दर्भमा अज्ञानताको कारण फैलिएको अशान्तिलाई धर्मद्धारा शान्तिमा परिणत गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हिंसा र दुखको सागरबाट मानवलाई मुक्त गर्नका लागि आजभन्दा २५६० बर्ष अगाडि भगवान बुद्धले शान्ति अहिंसा,करुणा प्रेमको माध्यमबाट सम्पूर्ण प्राणी र चराचर जगतको रक्षागर्न सकिन्छ भन्ने पवित्र ज्ञान दिनुभएको थियो । यहि पवित्र शिक्षालाई ग्रहण गर्दै नेपाल लगायत सिंगो विश्वमा नै शान्ति छाओस् भन्ने अभिप्रायले समस्त प्राणी जगतको कल्याणका लागि संस्थाले बिश्वकै सबभन्दा अग्लो बौद्ध स्तुपाको निर्माणको लागि पहल गरेको हो।

                                          सहयोगी ज्ञानरत्न शाक्य  

साधारणतया स्तुपा भनेको भगवान बुद्धको मानसिक शरीर हो । भगवान बुद्धले संसारको प्राणीहरुको रक्षाको निम्ति स्तुपाको पूर्ण रुपले वर्णन गर्नुभएको छ । स्तुपाको परिक्रमा गर्नाले भोक,रोग,शोक, तथा समस्त ग्रहहरु शान्ति हुनुको साथै नराम्रा प्रकारका दुख,कष्ट,रोग,अकाल मृत्यबाट सुरक्षा हुनेछ भनेर गुरु पद्मसम्भव “गुरु रेम्बोर्क्षे” ले भन्नुभएको छ ।  जसले बौद्ध स्तुपामा गएर तीन पटक ढोग गर्दछ उसको शारिरिक पापहरु नष्ट हुनेछ ।  जसले स्तुपामा सुगन्धित फूलहरु तथा पवित्र बत्तिहरु बाल्दछ उसको हर मनोकामनाहरु पूरा हुनेछन् । अनि मृत्य पश्चात् यमराजले नर्कको ढोका बन्द गर्नेछ ।

भगवान बुद्धले स्तुपाहरुको निर्माणमा अनगिन्ति पुण्यहरु सञ्चय हुनेछ भनेर वचन दिनुभएको छ । साधारण भाषामा भन्ने हो भने भगवान बुद्धको वचन र शरीरका प्रतिक भएको हुनाले स्तुपाको परिक्रमा गर्नु र भगवान बुद्धको साक्षात् परिक्रमा गर्नु एउटै हो भनि वर्णन गरिएको छ । संक्षेपमा बौद्ध स्तुपा नै त्रिकाल (भूत बर्तमान,भविष्य) बुद्धको चित्तको प्रतिक हुन् ।

जसले यो पवित्र स्तुपाको निर्माण कार्यमा सहयोग गर्नेछ,उसले असिमित पुण्यहरु प्राप्त गर्नेछ । जन्म जन्मान्तर सुख शान्ति,र मृत्युको अभयदेखि मुक्तिको मार्ग प्राप्त गर्नेछ । तसर्थ आउनुहोस् थोपा थोपा सहयोग रकम संकलन गरी यस पवित्र कार्यलाई अगाडि बढाऔं । जसको पुण्यले सारा संसारका प्राणिहरु दुखको चक्रबाट मुक्ति पाउन सकुन् ।

यस पवित्र अभियानमा सरकार र अन्य निकायहरुको चौतर्फि चासो रहेको साथै कुवेत राष्ट्र लगायत अन्य देशमा रहेका नेपाली दाजुभाईहरुको पहलमा आर्थिक संकलन अभियान जारी छ । स्मरण रहोस् ,प्रधान कार्यालय गैंडाटार रौतहटमा रहेको रौतहट  स्तूपा निर्माण आर्थिक अभियान समितिको कार्यालय सोह्रखुट्टेमा रहेको छ । सहयोग गर्नुहुने महानुभावहरुले मोबाईल नं ९८५१२१९३६४ मा  सम्पर्क गर्नसक्नुहुनेछ या अभियान समितिको कार्यालय सोह्रखट्टेमा सिधा सम्पर्क गरी आर्थिक सहयोग गर्नसक्नुहुनेछ वा आर्थिक अभियान समितिद्धारा तोकिएको संयोजक तथा आर्थिक संकलन अभियान सदस्यहरुसँग सम्पर्क गरी यस पवित्र कार्यमा सहभागी हुनसक्नुहुनेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्