Logo

नागार्जुन ह्वाईट गुम्बामा १०० भन्दा बढी भियतनामी पर्यटक

स्तावेज, जेष्ठ ९ गते, विहिबार , २०७६, नागार्जुन, काठमाडौं –  विश्व मानचित्रमा नेपाल मात्र यस्तो देश हो, जाहाँ हिमाल, पहाड र तराइ एवम गुफा कन्दरा, बन, नागवेलि परेका नदीनाला हरियाली रमणीय डाडापाखा चादी झै टल्कने हिमाल,सौन्दर्य इन्द्रेणी कला पाइने रुपमा विश्वमै चिरपरिचित हुदै आएको छ । पर्यटकहरुको लागि आकर्षको केन्द्रको रुपमा उपत्यका भित्र धेरै रमणीय स्थलहरु रहेकोछ । नेपालमा आउने पर्यटक ग्रामीण परिवेस मनोरञ्जन र पदयात्रामा रमाउने गरेको पाइन्छ । विदेशि पर्यटकको नेपाल वसाई सरदर १३ दिन र उनीहरुले गर्ने खर्च औसत देनिक ५० डलरको हाराहारीमा रहेकोछ ।

नागार्जुन नगरपालिका वडा न ६ ब्हाइट गुम्वा (डाँडागाँऊ) मा संचालन भएको नागार्जुन सामुदायिक होमस्टेमा यतिवेला भियतनामका ११५ जना पर्यटकले भरिएकोछ । “नेपालको राजधानी समेत रहेको प्राकृतिक रुपमा सुन्दर, शान्त, सौम्य, सुरक्षित, ऐतिहासिक र साँस्कृतिक महत्वको नगरी नागार्जुमा विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएका छौँ ।” भनेर नागार्जुन सामुदायिक होमस्टेका अध्यक्ष डा. आलोक प्रसाईले बताए ।

भियतनाबाट यति धेरै संख्यामा आएका पर्यटकको व्यवस्थापनका विषयमा नगर उपप्रमुख सुशीला अधिकारी “नागार्जुन मनोरम पहाडको फेदीमा मयुर आकारमा फैलिएको केही उच्च भूभागदेखि समथर भूभाग, तरेली परेको फाँट सुन्दर र मनोरम रहेको छ । भौगोलिक बनावटको दृष्टिकोणले उत्तर–पश्चिम क्षेत्रका केही भाग होचा, पहाडी र पूर्व–दक्षिण समथर भूभागमा विविध सम्भावना रहेको छ । स्वच्छ प्राकृतिक दृश्य, नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जदेखि सामुदायिक वन र निजी वनको मनमोहक सौन्दर्य अवलोक गर्न सक्ने र होमस्टेले राम्रो व्यवस्था गरेको वताउनुभयो ।

होमस्टेमा आएका पर्यटकलाई स्वागत गर्दाको अनुभवका बारेमा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकी यसो भन्नुहुन्छ हाम्रो वडा नं ६ मा आएका भियतनाका धार्मिक पर्यटकहरुलाई ब्हाइट गुम्बाको विशेष पूजामा गुरु ल्यावाङ दोखम्पा ले जागरण र सशक्तिकरणको कामना गर्दहुनुहुन्छ भने यसले नेपाल भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने देखिन्छ । नागार्जु नगरपालिकाको विकासको आधार पर्या पर्यटन भन्ने नारालाई साकार बनाउने अभियनको थालनि यस होमस्टेबाट भएको आफूलाई लागेको वताउनु भयो । नगरपालिका, स्थानीय जनता पर्यटन संग सरोकार राख्ने सबैको सहयोगमा यति धेरै पर्यटक एकै पटक आउदाँ पनि कुनै कठीनाइ नभएको समन्वयको प्रभावकारीता हो ।” प्रचारप्रसारको व्यवस्था हुन सके काठमाडौ बाट यति नजिको स्थानबाट हिमाल, उपत्यका सबै एक साथ देख्न सकिन्छ ।

“नेपालको पर्यटन इतिहासमा यतिधेरै पर्यटक एकै पटक आए र १ महिना सम्म होमस्टेमा बस्ने । ब्हाइट गुम्बामा पुजा गर्ने, जामाचो, स्वयम्भू लगायतका क्षेत्रमा उनीहरुलाई घुमउने कार्य होमस्टले गर्ने जानकारी नागार्जुन सामुदायिक होमस्टेका सचिव बसन्त तामाङले दिनुभयो ।” पर्यटकहरुको बसाईलाई आनदपूर्ण बनाउन, सुरक्षा लगायतका प्रबन्ध गर्न विशेष व्यवस्था गरिएको वडा नं ६ का वडा सदस्य कुमार तामाङ्ले बताए । मुलुकको राष्ट्रिय अर्थतन्त्रमा विदेशि मुद्धा आर्जन गर्ने र विकासको मूल आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास एवम नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण हुन्छ ।

-सानुराजा पुरी

प्रतिक्रिया दिनुहोस्