Logo

नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपाको निर्माणार्थ आर्थिक संकलन अभियान शुरु

स्तावेज, मंसिर २२ गते,शनिवार ,२०७५,काठमाडौँ – मागी गुम्बा नामक संस्थाले रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपाको निर्माण गर्ने भएको छ । सम्पूर्ण आवश्यक चरणहरू पूरा गरी निर्माणाधिन अवस्थामा रहेको स्तूपाको बारेमा जानकारी दिँदै मागी गुम्बा समितिका सचिव तथा स्तूपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामाले आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गर्नुभएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तूपा निर्माणजस्तो पवित्र कार्यमा  सहभागी भई स्तूपा निर्माणको सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजीवी बर्ग एवं सामाजिक अभियन्तालाई पनि हार्दिक अपिल गरिएको छ ।

आयोजना अवधि ५ बर्ष रहेको बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा ( ६.६) हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपास्थलको स्तुपा निर्माणको लागिमात्र लाग्ने खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने कुल खर्च रु. २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।

१३ जना सदस्य संख्या रहेको उक्त संस्थाको कार्य समितिका अध्यक्ष श्री जोखेमान बल हुनुहुन्छ भने उपाध्यक्षमा श्री गजलाल बाँस्कोटा रहनुभएको छ । सचिव ज्ञान बहादुर तामाङ रहनुभएको उक्त संस्थाका कोषाध्यक्ष श्री माया रानी तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यमा दीपशिखा शर्मा,लगायत अन्य ६ जना सदस्यहरू रहेका छन् ।

प्रारम्भिक चरणमा बौद्ध स्तुपा निर्माणार्थ सहयोग गर्नेहरुको नामावली यस प्रकार छ । 

१. बिकास महर्जन ल. पु. म. न. पा.  – १७     –  ५,०००००/-

२. मुसुरी लामा बौद्ध – ५१,०००/-

३. जहेन्द्र बहादुर बस्नेत बालाजु – १०,०००/-

४. चिरमाया महर्जन थेचो – १०,०००/-

५. दिना लामा भक्तपुर – ५००५/-

६. श्याम तामाङ नुवाकोट – ५००५/-

७ .छेन्जोङ चाईना – ५००५/-

८ . निर्मला महर्जन थेचो – ५००५/-

९. सानु गुरुङ धोबिघाट – ५०२०/-

१०. सोनु लामा मकवानपुर – ५०५०/-

११. श्रीमान राई कोटेश्वर – ५०००/-

१२. शोभा लामा – ५०००/-

१३. शरण श्रेष्ठ – ५०००/-

१४. माया – ५०००/-

१५. सूर्य बज्र लामा बौद्ध – ५५५५/-

१६. उर्गेन वाङ छु लामा – ५०००/-

आउँदो बैसाखमा शिलान्यास गरिने उक्त बौद्ध स्तुपाको लागि आर्थिक सहयोग गरिदिनुहुन मागी गुम्बा संस्था हार्दिक अनुरोध गर्दछ ।

      सम्पर्कको लागि,

मागी गुम्बा निर्माण समिती संयोजक

चन्द्रपुर नगरपालिका वडा नं ३ गैंडाटार, रौतहट

[email protected]

प्रतिक्रिया दिनुहोस्