Logo

एमआरआरमा आवद्ध ५० युवाहरुले लगाए बडा दशैंको टिका

स्तावेज कार्तिक ६ गते बिहिवार २०७५  टोकियो,जापान – मेन्स रुम रिलोडेड एमआरआर युवा समूहमा सहभागीहरूले जापानमा सामुहिक रूपमा बडा दशैंको टिका लगाएका छन् । बडा दशैं २०७५ सालको अवसरमा एमआरआरमा आवद्ध ५० बढी युवाहरूले सामुहिक रूपमा भेला भएर दशैं शुभकामना आदानप्रदान सहित दशैंको टिका लगाएका हुन् ।

नेपाल र नेपालीको महान पर्व बडादशैंको उपलक्ष्यमा परदेशमा रहेर पनि आफ्नो कला, सांस्कृतिक र धर्मलाई जगेर्ना गर्दै एमआरआरले मान्यजन अग्रजहरूबाट टिका लगाएर आशीर्वाद लिने कार्यक्रम गरेको हो । सहभागीहरूलाई जापानी टेलिभिजनमा अभियान गर्दै आउनुभएका एक मात्र नेपाली कलाकार तथा यस जापान समाचार डटकमका समाचार सम्पादक जगत बहादुर खड्का (ज्याक खड्का) र एनआरएनए जापानका उपाध्यक्ष सरोजकुमार खत्रीले टिका लगाइदिनुभएको थियो ।

कार्यक्रममा सहभागी युवाहरूले गीत, गजल, कविता लगायत आफ्ना रचनाहरू वाचन सहित नाचगान गरेर रमाइलो गरेका थिए ।जापानमा सामाजिक काममा सहभागी हुँदै आएको एमआरआरले नेपालमा भैपरी आएका सामाजिक कामहरूमा समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्