Logo

अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्रलाई गृह जिल्लामा सम्मान

स्तावेज संवाददाता,कार्तिक ६ गते मंगलवार, २०७५, काठमाडौँ – प्रदेश नम्बर ३ का प्रदेश सभाका सदस्य माननीय सांसद वसुन्धरा हुमागाइको प्रमुख आतिथ्यमा बडादशैको अवसर पारेर कुशादेबी युवा क्लबले आयोजना गरेको  उक्त कार्यक्रममा प्रथम मेयर कप फाइब ए साइड मिनी पोस्ट फुटबल प्रतियोगिताको अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाललाई सम्मान गरिएको छ ।

 काभ्रे जिल्लाको कुशादेबी भेगको खेल क्षेत्रको उचाइलाई एउटा खुड्किला उचाइमा पुर्‍याउनको लागि विगत लामो समयदेखि तेक्वान्दो खेलमा उनले पुर्याएको योगदान र निरन्तरताको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

छिमेकी राष्ट्र चीनमा सम्पन्न भएको अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा नेपालको तर्फबाट सहभागिता जनाइ उत्तिर्ण हुन सफल भएका श्री ढकाललाई  नेपाल र नेपालीहरूको प्रतिष्ठा र गौरव उच्च पारेको भन्दै अन्नपूर्ण नेटवर्क मिडिया प्रा.लि.का अध्यक्ष क्याप्टेन रामेश्वर थापा तथा पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेले टीका एवं दोसल्ला ओढाइ उनलाई सम्मान गरेको हो । 

तेक्वान्दोका फोर डान दीपेन्द्र ढकाल छिमेकी राष्ट्र चीनको उसी सहरमा अन्तर्राष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण भएपछि छत्तिस वर्षपछि उनी नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय निर्णायक बन्ने पहिलो तेक्वान्दो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्