Logo

प्रहरीमा भर्ना खुल्यो

स्तावेज ,असोज १६ गते मंगलवार , २०७५, काठमाडौँ- नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीलगायत पदहरुमा भर्ना आव्हाहान गरेको छ । ७ हजारभन्दा बढी रिक्त दरबन्दीमा भर्नाको लागि आव्हाहान गरिएको हो । प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै खेलाडीको लागि कार्यालय सहयोगीतर्फ ३० जनालाई भर्ना गरिनेछ । दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्