Logo

निजगढ विमानस्थल निर्माणमा बाहाना नगर्न नाट्टाको माग

स्तावेज ,असोज १५ गते सोमबार, २०७५, काठमाडौँ – पर्यटन व्यवसायीहरूले निजगढ विमानस्थल निर्माणमा बहाना नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विकास विरोधीहरूको आवाज सुनेर प्रक्रिया अवरुद्ध नगर्न सरकारलार्इ खबरदारी समेत गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले सातै प्रदेशका प्रदेश संघ र केही च्याप्टरसँग संयुक्त बैठकमा सहभागी व्यवसायीले पर्यटनको विकासको एउटा महत्वपूर्ण सेतु कनेक्टिभिटी भएको भन्दै भैरहवा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान विमानस्थल चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको निर्माण प्रक्रिया चाँडो सुरु गर्न खबरदारी गरेका हुन् ।

अन्तरक्रियामा सहभागी नेपाल पर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नाट्टाले नेपालको पर्यटन विकास र विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै अन्तर्राष्टिय बजारीकरणमा बोर्डले समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नजिक क्षेत्रसँगै रहेर काम गर्ने भन्दै लामो समयदेखि कार्यालय भएर पनि कर्मचारी नभएको भैरहवा पर्यटन कार्यालयमा तत्काल कर्मचारी पठाउने बताए । उनले भिजिट नेपाल २०२० को तयारी सुरू भएयता देशभरका व्यवसायी जम्मा भएर छलफल गरेको बृहत कार्यक्रम भन्दै सबैले अाफ्नो ठाउँबाट पर्यटनको विकासमा सहयोग गर्नुपर्ने बताए ।

अन्तरक्रियामा नाट्टाका अध्यक्ष सिएन पाण्डेले पर्यटनको विकासका निम्ति तत्काल र दिर्घकालिन कार्ययोजना  तयार गरी योजनावद्ध ढंगबाट सरकारले काम गर्नुपर्ने बताए । अध्यक्ष पाण्डेले रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयको नेतृत्वमा अाइसकेपछि धेरै समस्याहरू हल भएको भन्दै उनकै नेतृत्वमा भिजिट नेपाल २०२० सफल हुने बताए । अध्यक्ष पाण्डेले विकास गर्दा त्यसको सकारात्मक र नकारात्मक प्रभाव जहाँसुकै पर्ने भन्दै निजगढ विमानसस्थल बनाउने कुरामा कसैसँग सम्झाैता नगर्न सरकारलार्इ खबरदारी गरे । उनले भैरहवा विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेकाले अन्तरार्ष्टिय जहाज कम्पनीहरूसँग उडान सम्झौता गर्नुपर्ने बताए ।

अन्तरक्रियाले सातै प्रदेशको प्रडक्टलार्इ डिजिटलाइज गर्ने र अन्तर प्रदेश समन्वयलार्इ प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । बैठकले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलार्इ सभ्य र भव्य बनाउन प्रभावकारी काम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्