Logo

फ्लोरेन्स आँधी – अमेरिकी अधिकारीहरूद्दारा सजग रहन चेतावनी

स्तावेज, भाद्र २८ गते, २०७५, विहिवार, काठमाण्डौं – फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटस्थित नर्थ  क्यारोलिना राज्य नजिक पुग्न लागेको बताइएको छ । मौसमविद्हरूले ठूलो वर्षा र हुरी आउने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्।

हुरीको वेग

हुरीको गति केही कम भइरहेको छ । तर हुरी लामो समय चलिरहन सक्ने हुनाले क्षतिको परिमाण धेरै हुनसक्ने बताइएको छ । सत्र लाखजति मानिसहरूलाई आफ्नो घर छाडेर सुरक्षित स्थलमा जान भनिएको छ। अमेरिकी अधिकारीहरूले फ्लोरेन्स आँधीको शक्तिलाई ‘क्याटगरी टु’ मा घटुवा गरेका छन्। तर पनि अझै ठूलो खतरा रहेको भन्दै उनीहरूले सचेत गराएका छन्। हावाको वेग १७५ किलोमिटर प्रतिघण्टामा झरेको छ। आँधीको प्रभाव क्षेत्रमा करिब एक करोड मानिसहरू रहेका छन्।

आपतकालीन अवस्था

आँधी
                  तस्वीर कपीराइटGETTY IMAGES

फ्लोरेन्स आँधी अहिले अझ दक्षिणतर्फ गइरहेको छ। आपत्कालीन अवस्थाको घोषणा गर्ने जोर्जिया पछिल्लो राज्य बनेको छ। यसअघि नर्थ र साउथ क्यारोलाइना, भर्जिनिया, मेरिल्यान्ड र वासिङ्टन डीसीले आपत्कालीन अवस्थाको घोषणा गरिसकेका छन्।

मौसमविद्हरुले फ्लोरेन्सको अनुमानित मार्गको जानकारी दिएका छन्। बिहीवार क्यारोलाइनाको सीमामा केही दक्षिणतर्फ उक्त आँधी आइपुग्ने भनिएको छ।

आँधीका कारण केही समयसम्म ठूलो वर्षा हुने र त्यसले एलाबामा, टेनेसी, केन्टकी र वेस्ट भर्जिनिया जस्ता क्षेत्रहरूमा विनाशकारी बाढी आउन सक्नेछ। नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले भनेका छन्, तयारी गर्ने समय लगभग सकिएको छ । अब प्रकोप हाम्रो ढोका सामुन्ने आउँदैछ। राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा भिडिओ सन्देशमा भनेका छन्- यो हाम्रो देशमा आएको सबैभन्दा ठूलोमध्ये एउटा आँधी हो। जीवनरक्षा नै अहिलेको मुख्य प्राथमिकता हो।

एउटा एनालिटिक कम्पनी कोर्लजिकका विश्लेषकहरूका अनुसार फ्लोरेन्स आँधीले १७० अर्ब डलरसम्मको क्षति गराउन सक्छ। साथै लगभग साढे सात लाख घर र व्यवसायलाई पनि त्यसले क्षति पुर्‍याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्