Logo

लुटपाटमा संलग्न दुई पक्राउ

स्तावेज, भाद्र १ गते शुक्रबार, २०७५ ,लहान – मनि ट्रान्सफरका लागि लहानस्थित ग्लोवल आइएमई बैंकबाट झिकिएको २५ लाख ६० हजार रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका १४ का २२ वर्षीय कमलेशकुमार मण्डल र विष्णुपुर गाउँपालिका २ राजपुरका २५ वर्षीय महेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका मण्डल र यादवलाई डाका मुद्दामा अदालतबाट शुक्रबार म्याद थप गरी अनुन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ।  कसरी लुटियो रकम? सिरहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुर जब्दीमा आफैले संचालन गरेको मनि ट्रान्सफरका लागि झिकिएको रकम पछिल्लो साउन २४ गते मध्यान्ह लुटिएको थियो।

लहानबाट रकम झिकेर मोटरसाइकलमा कल्याणपुर फर्किने क्रममा राजाराम साह मिर्चैया-३ स्थित राघोपुर सडक खण्डमा लुटिएका थिए।  बैंकबाट रकम झिकेर ज. ६ प ८१८५ नम्वरको मोटरसाइकलमा फर्किने क्रममा मिर्चैया ३ तीनगछिया पुगेपछि दुईवटा मोटरसाइकलमा मुख छोपेर आएको चार जनाको समूहले घेरा हालेर रकम लुटपाट गरी पश्चिमतिर भागेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई छानविन गरेपछि मण्डल र यादवको संलग्नता रहेको खुलेपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्