Logo

इनार सफा गर्दा निसासिएर तीनजनाको मृत्यु

स्तावेज श्रावण १८ गते शुक्रबार २०७५ काठमाण्डौं – इनार सफा गर्ने क्रममा निसासिएर तीन जनाको मृत्यु भएको छ। राजधानीको कपुरधारास्थित एक घरको इनार सफा गर्ने क्रममा निसासिएर घरघनी ७० वर्षीय मेघवर्ण गौतम, कैलाली टीकापुरका २३ वर्षीय रमेश चौधरी तथा तथा भारतका ३६ वर्षीय अशोक कुमारको मृत्यु भएको महानगरीय प्रहरी वृत लैनचौरले जनाएको छ। इनार सफा गर्ने क्रममा निसासिएर बेहोस भएपछि उपचारका क्रममा ग्राण्डी अस्पताल पुर्‍याइएका उनीहरुको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्