Logo

अशोक दर्जीको घर निर्माणका लागि युएईमा रहेका झापालीहरुबाट सहयोग

स्तावेज, श्रावण १५ गते मंगलबार, २०७५, युएई – भाइरल ब्वाई अशोक दर्जीको घर निर्माणका लागि युएईमा रहेका झापालीहरुको एक समुहले आर्थिक सहयोग गरेको छ । झापाली समाज युएईमा आबद्ध पधादिकारी, शुभचिन्तकहरुले दर्जीको घर निर्माणका लागि ३५ हजार ४ सय ३२ रुपैयाँ सहयोग गरेको सहयोग अभियानका संयोजक पारस लामाले जानकारी दिएका छन् ।

अशोक दर्जीको विसयमा मिडियामा जेजस्ता प्रतिक्रिया आए पनि आफुहरुले गायक तथा संगीतकार टंक बुढाथोकीले अशोकको प्रतिभाको प्रस्फुटनका लागि निर्वाह गरेको भुमिकाको उच्च मुल्यांकनका साथमा विस्वास गरेर टंककाे अभियानमा साथ दिएको युएईको नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली गायकको रुपमा चिनिएका लामाले बताए । यो सहयोग अभियानमा मन बिनाको धन ठुलो कि धन बिनाको मन गीतका रचनाकार बिराज नेपालले पनि आर्थिक सहयोग गरेका छन् ।

बाल गायक असोक दर्ज़ीको घर निर्माणका लागि असोक चापागाई, रेनु ढकाल , लिला बिमली, पारस लामा, एकराज बस्नेत, सनम दंगाल, मित्रलाल पोख्रेल, प्रेम अधिकारी, लिला बिमली, इब नारायण तिवारी, बिराज नेपाल, सरू नेपाल, उर्मिला बस्नेत, अमर राई, राम प्रसाद ढुड्गेल, घनश्याम चापागाई, अजीत काफ्ले, लोकेस कोईराला, लिजा सिलवाल, निरु पान्डे, सुसिला राउत, दिर्घा राज भट्टराई, टंक आचार्य, डिल्ली खतीवडा, कमला खड्का, तारा खड्का,टिका कट्टेल, हेमराज सिवाकोटी लगायत ३२ जनाले योगदान गरेको रकम संकलन सहयोगी लिला बिमलीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्