Logo

आयो संसारको कुनै पनि कुनामा ४ घन्टामै पुग्ने विमान

स्तावेज, श्रावण १५ गते मंगलबार, २०७५, काठमाण्डौं- के तपाईलाई लागेको छ कि आगामी केही वर्षको अवधिमा तपाई विश्वको कुनै पनि भागमा ४ घन्टाको अवधिमा विमानबाट पुग्न सक्नु हुन्छ ? यो सुन्नमा अचम्म लाग्ला तर चाडैनै यो कुरा यथार्थमा बदलिन सक्छ । हजुर, भविष्यमा ध्वनीभन्दा पाँच गुणा तेज रफ्तारमा चल्ने विमान आउने भएको छ । यो विमान तपाइको आखाबाट गएपछि मात्रै यसको आवाज सुन्न सकिनेछ । यो भावि विमानको निर्माणका लागि बेलायतको एक एरोस्पेस कम्पनी काम गरिरहेको छ ।

बेलायती कम्पनीले ३०० सीट क्षमताको विमानको तयारी गरिरहेको छ । यो विमानको विशेषता भनेकोनै विमानको इन्जिन हो । कम्पनीले यो विमानको मूल्य २०१६ मै घोषणा गरेको थियो । उक्त समयमा २७६ फीट लामो यो विपमानको मूल्य १.१ अर्ब डलर तय गरिएको थियो । यो विमानको नाम स्काइलाइन दिइएको छ । कम्नीले पहिले २०१९ मा यो विमानको परिक्षण उडान सुरु गर्ने बताएको थियो ।

यो विमानको विशेषाता भनेको यसमा एक कुलिङ प्रविधि राखिएको छ । यसले हावालाई प्रवेश गराउछ र १ हजार डिग्री सेल्सियससम्म .०१ सेकेन्डमै चिसो हुन्छ । यसले विमानको गती तथा क्षमतामा पनि धेरैनै वृद्धि हुन्छ । २० डिग्री सेल्सियस तापमानमा हावामा ध्वनीको गती ३४३४ मिटर प्रति सेकेन्ड हुन्छ ।

हावामा १ किलोमिटरको यात्रा गर्नका लागि ध्वनीको ३ सेकेन्ड लाग्छ । यो हिसाबबाट १ घन्टामा १२३५ किमीको दुरी तय गर्न सकिन्छ । यती मात्रै होइन विमानमा कुलिङ प्रणालीका लागि पातलो पाइपको घुमावदार श्रृंखला हुन्छ । जसमा हिलियम संघनित हुन्छ । यसले हावाबाट गर्मी निकालेर इन्जिनम छिर्नु भन्दा पहिलेनै १५० डिग्रीसम्ममा ल्याउछ ।

यो विमान सामान्य विमान जस्तै धावन मार्गबाटनै उडान भर्ने र अवतरण गर्ने किसिमको छ । रकेटको तुलनामा यसको फेरी प्रयोग गर्नका लागि सहज हुन्छ । यदी यो विमान भविष्यमा तपाइले देख्नु भयो भने हामीले भविष्य भन्दै गरेको बस्तुको सुरुवात भइसकेको पाउनु हुनेछ । यद्धपी यो विमान आगामी वर्ष सम्ममा सम्भव हुने देखिन्छ । यो विमान २०१९ सम्ममा परिक्षण गरिने पहिलैनै कम्पनीले जनाइसकेको छ ।

साभार कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्