Logo

एक जीवन्त पात्र ‘भैरे’को चुलिँदो चर्चा

स्तावेज, आषाढ २३ गते शनिवार, २०७५, काठमाण्डौं – आजकल सामाजिक सञ्जाल, टेलिभिजन,पत्रपत्रिका,ट्वीटर तथा फेसबूकका भित्ताहरु पूरै ‘भैरे’मय भएका छन् । कारण आउँदो साउन ४ गते अधिराज्यभरका हलहरूमा धूमधामका साथ चलचित्र ‘भैरे’ को प्रदर्शन हुँदैछ । सिनेमा हल,सडक गल्ली,सार्वजनिक यातायात,जताततै प्रभुत्व जमाइरहेको आखिर यो ‘भैरे’ भन्ने पात्र को हो त ? लामो समयदेखि चलचित्र हेर्न आतुर दर्शकहरूलाई जिज्ञासा हुनु स्वाभाभिकै हो ।

वास्तवमा चलचित्र ‘भैरे’ मा राखिएको ‘भैरे’ पात्र वर्तमान नेपाली युवा परिवेशको ज्वलन्त उदाहरण हो । जसले सिंगो नेपाली युुवाहरुको कथा बोल्छ । चलचित्रमा ‘भैरे’ को भूमिका चर्चित नायक दयाहाङ राईले निर्वाह गरेका छन् भने नायिका सुरक्षा पन्त उनको जोडीको रूपमा देखिएकी छिन् । यसैगरी अर्का चर्चित नायक बिक्रान्त बस्नेत,बर्षा शिवाकोटी,बुद्धि तामाङ चलचित्र ‘भैरे’मा सहायक भूमिकामा रहेका छन् ।

लामो समय परदेशिएर पुनः चलचित्र “भैरे” मार्फत नेपाली सिने जगतमा उल्लेखनिय उपस्थिति जनाइसकेका नायक बिक्रान्त बस्नेतले चलचित्र ‘भैरे’मा एक साधारण गाउँले युवाको भूमिका निर्वाह गरेका छन् ।  ‘भैरे’को प्रचार प्रसारका लागि खटिएका नायक बिक्रान्त बस्नेत चलचित्र ‘भैरे’ को सुटिङमा जाँदा आफ्नो अनुभव यसरी सुनाउँछन् ,”चलचित्र ‘भैरे’ को सुटिङ समय मेरो लागि वास्तवमै निकै रोमाञ्चक थियो । जुन बिर्सन नसकिने याद बनेर मेरो दिल दिमागमा रहेको छ ।”

“देश विदेशबाट पर्यटकहरू आएर हाम्रो नेपाल घुमेर जान्छन् तर हामी नेपालमै रहेर पनि नेपालको सौन्दर्यको बारेमा अनभिज्ञ रहेछौँ । चलचित्र ‘भैरे’को सुटिङ अवधिमा मैले मेरो देश नेपालको प्राकितिक छटासँग चिरपरिचित हुने मौका पाएँ । सुटिङको उत्साह त छँदै थियो नेपाली प्राकृतिक सौन्दर्यताले मलाई थापा रोमान्चित बनायो । मोती जस्तै टल्कने सेता हिमालहरु,नदी नाला,ताल तलैयहारु जस्ता भौगोलिक विविधता देख्दा लाग्छ वास्तवमै हाम्रो देश नेपाल कुनै स्वर्गभन्दा कम छैन । उनी थप्छन् , चलचित्र भैरेमा कथावस्तुले मागेको स्थान छनौट गरिएको छ जसमा दर्शकहरूले चलचित्र मार्फत नेपाली प्राकृतिक छटाको  भरपूर आनन्द लिन सक्नेछन् ।”

यसैगरी चलचित्र ‘भैरे’ का लेखक तथा निर्देशक एभरेष्ट सूर्य बोहरा चलचित्रको सुटिङको अनुभव यसरी सुनाउँछन्, “चिसो मौसममा चलचित्र भैरेको सुटिङ मेरो लागि थप चुनौतीपूर्ण थियो । पौषको चिसोमा सुटिङ गर्न कम्ती कष्टदायी थिएन । तरपनि कथावस्तुको मागलाई जीवन्तता दिन मुस्ताङको सुटिङ अपरिहार्य थियो । विविध चुनौतीहरूको सामना गर्दै ५,६ वटा जिल्लाहरूमा गई अन्ततः सुटिङ सम्पन्न गर्यौं । मेहनत गरेपछि आखिर त्यसको प्रतिफल मिल्दो रहेछ, चलचित्र ‘भैरे’ को सुटिङको केही प्रतिफल प्राप्त भइसकेको छ ।  ‘भैरे’ का दुई गीतहरू “सनम माया लाको” र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका गीतहरू सर्वाधिक हिट लिस्टको सूचीमा परिसकेका छन् । जसमा ‘सनम माया लाको’ बोलको गीत स्वयं आँफैंले लेखेको हुँ  । जनमानसमा अत्यधिक चर्चा परिचर्चा रहेको चलचित्र ‘भैरे’ लाई दर्शकहरूले कति माया गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।”

चलचित्र ‘भैरे’को शिर्ष गीत “सनम माया लाको ”बोलको गीतमा  चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, नेपाली साङ्गीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक यम बराल तथा अन्जु पन्तको  स्वर संगीत रहेको छ । उक्त गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् भने सम्पादन बबी शाहको रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरद्धारा निर्मित, निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्