Logo

सातै प्रदेशको बजेट सार्वजनिक

स्तावेज, असार २ गते शनिवार, २०७५, काठमाण्डौं – संघीय नेपालको पहिलो प्रादेशिक बजेट शुक्रबार सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुरूप १ असारमा सबै प्रदेशले आगामी आर्थिक वर्ष २०७५/ ७६ का लागि आआफ्नो बजेट सार्वजनिक गरेका हुन् । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले बजेट सार्वजनिक गरे । आगामी आर्थिक वर्षका लागि प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश २ को सरकारले कूल २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको शुक्रबार अपराह्न बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको बजेट सार्वजनिक गरेका हुन् ।
संघीय नेपालको प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको छ । यो बजे सात प्रदेशमध्ये दोस्रो ठूलो हो ।

प्रदेश ४ सरकारले सातवटै प्रदेशमध्ये सबैभन्दा सानो बजेट सार्जजनिक गरेको छ । सो सरकारले शुक्रबार आगामी आर्थिक वर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।  सहरी संरचना निर्माण र एकीकृत बस्ती विकासलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सो प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई ५ वर्षभित्रमा २६ प्रतिशतबाट १० मा झार्ने लक्ष्य लिएको छ ।

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा पेस गरेको बजेटमा चालू खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पुँजीगत तर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश ७ को सरकारले आव २०७५/७६ का लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट सार्वजनिक गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस्