Logo

अमेरिकी सेनाद्दारा तालिवानी नेताहरुमाथि आक्रमण, ५० जनाको मृत्यु

 स्तावेज, जेष्ठ १७ गते बिहिवार ,२०७५, काठमाण्डौं –अमेरिकी सेनाले गत साता दक्षिणी अफगानिस्तानमा एकत्रित भएका तालिवान नेताहरुलाई लक्षित गरेर आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । अमेरिकी सेनाले हेलमण्ड प्रान्तमा पर्ने मुसा कला जिल्लामा बसिरहेको तालिवान कमाण्डरहरुको उच्चस्तरीय बैठकलाई लक्षित गरेर गोलीबारी गर्दा ५० जनाको मृत्यु भएको हो । 

अमेरिकी सेनाका लेफ्टिनेट कर्नल मार्टिन ओ डोनेलले हेलमण्ड प्रान्त बाहिर पनि उक्त आक्रमणको प्रभाव पर्ने बताएका छन् । आक्रमणमा चार रकेटले तालिवानकोे एक कमान तथा नियन्त्रण पोस्ट नष्ट गरेको छ । २४ मे मा भएको यो आक्रमणको बारेमा गत साता नै जानकारी गराइएपनि मारिएका तालिवानीहरुको संख्याका बारेमा केही खुलाइएको थिएन । 

       एजेन्सी 

प्रतिक्रिया दिनुहोस्