Logo

वनको बजेट १६ अर्ब ५८ करोड विनियोजन

स्तावेज, जेष्ठ १६गते बुधबार ,२०७५,काठमाण्डौं – आर्थिक वर्ष २०७५/७६ मा वन तथा वातावरण क्षेत्रका लागि १६ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। मंगलबार प्रस्तुत गरिएको संघीय बजेट वक्तव्यमा वन तथा वातावरण क्षेत्रका लागि करिव १६ अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको हो ।अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमा वनजन्य कच्चा पदार्थमा आधारित निर्यातजन्य उध्योग स्थापना र उपकरण खरिदलाई अनुदानको व्यवस्था गरिएको बताएका छन्।

वन तथा वातावरण क्षेत्रका लागि विनियोजन गरिएको बजेटमध्ये केन्द्रमा १४ अर्ब ५८ करोड, प्रदेशमा १ अर्ब ६८ करोड, स्थानीयमा ३८ करोड छुट्याइएको छ। प्रदेश र स्थानीय तहका लागि छुट्याइएको बजेट वन मन्त्रालय मार्फत स-शर्त अनुदानका रूपमा जाने छ। बजेटमा आगामी आर्थिक वर्षमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिने, वनको उपभोग र संरक्षणलाई जोड दिइने, वन संरक्षण र उपयोगमा स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारको परिपुरक भूमिका स्थापित गरिने र बाँझो तथा नदी किनारामा वृक्षारोपण गरिने उल्लेख छ।

उच्च मूल्यका वन पैदावारको विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन, वातावरण, भू–क्षय संरक्षण तथा नदी नियन्त्रण, चुरे क्षेत्रको संरक्षण गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै चुरेमा कृषि वन प्रणलीको प्रवर्द्दन तथा विस्तार गरिने बजेट वक्तव्यमा उल्लेख छ। अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्दै जडीबुटी तथा अन्य वन पैदावारमा आधारित उध्योग स्थापना गरिने, वनजन्य कच्चा पदार्थमा आधारित निर्यातजन्य उध्योगको स्थापना र उपकरण खरिदलाई अनुदानको व्यवस्था रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्