Logo

चितवनको एभरेष्ट पेन्ट उध्योगमा भिषण आगलागी

स्तावेज, जेष्ठ १६गते बुधबार ,२०७५, भरतपुर – चितवन भरतपुरमा ४ शिवघाटमा रहेको एभरेष्ट पेन्टस् उध्योगमा  आगलागी भएको छ । आगो बिहान करिब ७ बजेबाट लागेको आगो अझैं नियन्त्रणमा आईनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरकेको जनाएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाट समेत दमकल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।आगलागी कसरी र के कारणले लागेको हो भन्ने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्