Logo

भारतीय विदेशमन्त्री स्वराजको विवादित बयान (भिडियो सहित )

           

                         हेर्नुहोस् सुष्मा स्वराजको विवादित बयान

स्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाखमा भएको नेपाल भ्रमणलाई लिएर विवादित बयान दिएकी छन् । सोमबार भारतीय विदेश मन्त्रालयमा आयोजित मोदी सरकारले चार वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले उक्त विवादित बयान दिएकी हुन्। स्वराजले मोदीले जनकपुरमा ‘लाखौं प्रवासी भारतीयलाई सम्बोधन गरेको’ बताएकी थिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले विश्वका विभिन्न देशमा रहेका भारतीय प्रवासीहरूलाई सम्बोधन गर्ने गरेको र सोही क्रममा जनकपुरमा पनि लाखौँ भारतीयलाई सम्बोधन गरेको बताइन्।

भारतीय प्रधानमन्त्री मोदी यसरी नै प्रवसमा रहेका भारतीयसँग जोडिने गरेको र उनीहरूलाई भारतसँग जोड्ने गरेको स्वराजको भनाइ थियो। उनले मोदीले अमेरिकादेखि जनकपुरसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरूसँग जोडिने काम गरेको बताइन्। जबकी वैशाख २८ गते जनकपुर पुगेका मोदीलाई त्यहाँ जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो।

मोदीले जनकपुरस्थित जानकी मन्दिरमा षोडशोचार विधिबाट विशेष पूजाअर्चना गरेपछि उनको नागरिक अभिनन्दन भएको थियो। उनले त्यहाँ विशेष सम्बोधन पनि गरेका थिए। त्यसपछि काठमाडौं आएका उनी २९ गते मुक्तिनाथ गएर पूजाआजा गरेका थिए। मोदीलाई जनकपुरमा झैँ काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो। सोही विषयलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मोदीले जनकपुरमा भारतीयलाई सम्बोधन गरेको बताएकी हुन्। 

प्रतिक्रिया दिनुहोस्