Logo

राजकुमार ह्यारी र मेगन मार्कलको हनिमुनका लागि रोजाईमा पर्‍यो क्यानडा

स्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – हालैमात्र विवाह बन्धनमा बाँधिएका राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कल हनिमुनका लागि क्यानडा जाने भएका छन्। टिएमजे म्यागेजिनका अनुसार नवविवाहित जोडी क्यानडाको अल्बर्टामा रहेको फेयरमोन्ट ज्यासपर पार्क लजमा बस्नेछन्।

६ हजार स्क्वायर फुट क्याबिन रहेको उक्त होटलमा सन् २००५ मा रानी र राजकुमार फिलिप साथसाथै रानी आमा पनि राजा जर्ज छैठौँसँग सन् १९३९ मा त्यहाँ बसेका थिए। प्रतिरात २ हजार लेखि ५ हजार पाउण्ड पर्ने उक्त होटलको क्याबिनलाई ‘रोयल ट्रिट’ नाम दिइएको छ ।

मेगन र ह्यारी पहिलो पटक सन् २०१६ मा भेटेका थिए त्यसबखत छुट्टी मनाउन उनीहरु बोट्सवाना घुमेर फर्केका थिए। मेगन आफ्ना फिल्म सुटिङका लागि लामो समय क्यानडा बसिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्