Logo

उत्तर कोरियाले मेमा पारमाणविक परीक्षणस्थल नष्ट गर्ने

स्तावेज, बैशाख २९ गते शनिवार,२०७४,काठमाडौं– उत्तर कोरियाले उसको परमाणु परीक्षण केन्द्र नष्ट गर्नका लागि मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञहरू तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आमन्त्रण गरिने बताएको छ। सरकारी समाचार संस्था केसिएनएले सो प्रक्रिया अन्तर्गत परीक्षण केन्द्रस्थित सबै सुरुङहरू विस्फोटक पदार्थ प्रयोग गरी भत्काइने, त्यसको प्रवेशद्दार बन्द गरिने र पर्यवेक्षण गर्ने केन्द्रहरू अनि अनुसन्धान भवनहरू हटाइने जनाएको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच सिंगापुरमा ऐतिहासिक शिखर बैठक हुँदैछ। त्यसको तीन हप्ताअघि हुन लागेको सो कार्यक्रममा दक्षिण कोरिया, चीन, ब्रिटेन तथा रुसका पत्रकारहरू सहभागी हुनेछन्

संयुक्त राष्ट्रसंघीय विश्व खाध्य कार्यक्रम- डब्लु एफपीका प्रमुखले उनकै शब्दमा उत्तर कोरियाभित्र अभूतपूर्व पहुँच पाएपछि उत्तर कोरियाली नेताहरूमा ‘एउटा सकारात्मक धारणा’ पाइएको विश्वास आफूलाई लागेको बताएका छन्। सरकारी पक्षबाट उनको सहजताका लागि खटाइएका व्यक्तिहरूसँग डेभिड बिजलले उत्तर कोरियाको राजधानी प्योङयाङमा दुई दिन अनि प्योङयाङबाहिर अर्को दुई दिन बिताएका थिए।

उत्तर कोरियाले पोषणसम्बन्धी मापदण्ड भेट्नका लागि कडा मिहिनेत गरिरहेको र भोकमरीको अवस्था सन् १९९० को दशक ताकाजस्तो नरहेको उनले बताए।

उनले भने, “इतिहासको नयाँ पाना पल्ट्याउनका लागि विचार देखिएको छ”।

उत्तर कोरिया तथा बाँकी विश्वबीचका सम्बन्धमा नाटकीय परिवर्तन देखिएका छन्। गत वर्ष उत्तर कोरियाली सरकारले शृखंलाबद्ध परमाणु तथा क्षेप्यास्त्र परीक्षणहरू गरेको थियो। तर आगामी महिना नेता किम जङ- अनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रत्यक्ष भेट गर्दैछन्। कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको त्यो नै पहिलो पटक हुनेछ।

उत्तर कोरिया तथा दक्षिण कोरियाबीच भएको ऐतिहासिक बैठकपश्चात किम तथा ट्रम्पबीच हुने भनिएको शिखरबैठकबारे पुष्टि आएको हो। यसै हप्ताको सुरुवाततिर अमेरिकी राष्ट्रपति ट्रम्पले सो शिखरबैठकसम्बन्धी विवरणहरू घोषणा गर्दै आगामी १२ जुनमा सिंगापुरमा हुने जनाएका थिए।

उनको त्यस्तो घोषणा उत्तर कोरियाले हिरासतमा राखेको तीनजना अमेरिकी नागरिकहरूलाई अमेरिका फिर्ता भएपछि स्वागत गरेको केही घण्टापछि नै आएको थियो। सन् ११९४ देखि १९९८को बीचमा उत्तर कोरियामा व्यापक भोकमरी फैलिएपछि हजारौँ मानिसको ज्यान गएको ठानिएको छ।

गत वर्षको खडेरीपछि, १० मध्ये ७ जना उत्तर कोरियाली नागरिक खाद्य सहायतामा निर्भर रहेको अनि १० मध्ये ४ जना कुपोषित रहेको संयुक्त राष्ट्रसंघले जनाएको थियो। गत महिना संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका मानिसलाई सहयोग गर्न १ करोड ११ लाख बारबरको सहयोग माग गरेको थियो। संयुक्त राज्य अमेरिकाले पनि परमाणु निःशस्त्रीकरण गरिने शर्तमा उत्तर कोरियाको पुनर्निर्माण गर्न प्रस्ताव गरेको छ।

                बीबीसी 

प्रतिक्रिया दिनुहोस्