Logo

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

स्तावेज, बैशाख २९ गते शनिवार,२०७४,बेरूत, लेबनान- यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ। बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो। आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु भएको छ। मानवअधिकार अनुगमन समूहका अनुसार गत बुधबार पनि इजरायली आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो।

सिरियाली सदरमुकाम दमासकस नजिकै भएका आक्रमणमा इजरायली सम्लग्नता रहेको सिरियाली अधिकारीले पुष्टि गरेका छन्।उता इजरायलले भने इरानद्वारा गोलन हाइट क्षेत्रमा गरेका रकेट आक्रमणको बदलावरूप सिरियास्थित इरानी सैनिक अखडामा आक्रमण गरेको पुष्टि गरेको छ।

 रासस

प्रतिक्रिया दिनुहोस्