Logo

मोदी भ्रमणमा पक्राउ परेका ८५ जना रिहा

स्तावेज, बैशाख २९ गते शनिवार,२०७४,काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा नाराबाजी तथा बिरोध प्रदर्शन गर्न सक्ने आँकलनमा पक्राउ परेका ८४ जना छुटेका छन् । ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल सहितका व्यक्तिहरुलाई प्रहरीले रिहा गरेको हो। मोदी स्वदेश फर्किएपछि उनीहरु छुटेका हुन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाका अनुसार भ्रमणको सुरक्षा तयारी अन्तर्गत शनिबार ५१ जना पक्राउ परेका थिए। त्यस्तै शुक्रबार ३४ जना पक्राउ परेकोमा सबै शनिबार साँझ छुटेका छन्। पक्राउ परेकाहरुले भने बिना कारण आफूहरुलाई पक्राउ गरी मानव अधिकारको हनन गरेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्