Logo

थालेसिमियाका बिरामीको उपचारमा सहयोग गर्ने राज्यमन्त्री अर्यालको आश्वासन

स्तावेज , बैशाख २५ गते मंगलवार २०७५, काठमाण्डौं – थालेसिमियाका बिरामीका लागि राज्य तर्फबाट सक्दो सहयोग गर्ने स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले बताएकी छिन् । विश्व थालेसिमिया दिवसका अवसरमा मंगलबार नेपाल थालेसिमिया सोसाइटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आश्वासन दिएकी हुन्। 

कार्यक्रममा बोल्दै  राज्यमन्त्री अर्यालले  आफू रोगको बारेमा धेरै जानकार नभएको भन्दै यो रोगपछि बिरामीलाई चाहिने नियमित रगतमा राज्यका तर्फबाट सहयोग गर्ने बारे आफू सकारात्मक रहेको बताइन् । उनले भनिन्, ‘यो रोग लागेपछि उपचारका विकल्प न्युन रहेकाले हरेकले विवाह पूर्व वा सन्तान जन्माउनु भन्दा पहिले एकपटक रगतको परिक्षण गराउने हो भने रोगबाट बच्च सकिन्छ ।’
कार्यक्रममा बोल्दै  औषधि व्यवस्था विभागका निर्देशक नारायण प्रसाद ढकालले थालेसीमियाको औषधि नेपालमै उत्पादन हुने वातवरण सिर्जना गर्ने पहल गर्ने बताए । 

थालेसिमिया सोसाइटका अध्यक्ष दुर्गाप्रसाद पाठक यो रोगबाट मुक्ति पाउने भरपर्दो उपचार प्रणाली नभएकाले रोकथाममै जोड दिनुपर्ने बताए । उनले भने,  ‘यस सम्बन्धि प्रशस्त जनचेतना जगाउन सरकारले सघाउनुपर्छ र साथै भइसकेकालाई चाहिने नियमित रगतका लागि समेत खर्च अभाव छ । यसमा राज्यले सहयोग गर्नुपर्छ ।’  

थालेसिमिया रोग  र यसका बिरामीहरुको बारेमा नेपालमा कुनै अध्ययन नभएपनि संख्या कुल जनसंख्याको ४ प्रतिशत थालेसिमिया संवाहक रहने अनुमान गरिएको छ।  हाल नेपाल थालेसीमिया सोसाइटीमा २ सय २५ जना यस्ता बिरामी दर्ता भएका छन् । तिनमा १ सय ३५ जना बिरामीहरुले नियमित रगत चढाइरहेको छन्। संस्थामा आवद्ध भएका बिरामीलाई संस्थाले निःशुल्क रगत तथा रगत चढाउने सेवाका साथै चिकित्सक सेवा पनि संस्थाकै केन्द्रबाट उपलब्ध गराइरहेको अध्यक्ष्ग पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्